Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

उपसचिव नेपाल अख्तियारको हिरासतमा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २१ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा वैदेशिक रोजगार प्रवर्धन बोर्डका उपसचिव मुरारीप्रसाद नेपाललाई हिरासतमा लिएको छ।

करिब पाँच वर्षअघि बाराको स्थानीय विकास अधिकारी रहेका बेला अभियुक्तले सरकारको रु चार करोड हिनामिना गरेकाले उनलाई हिरासतमा राखिएको हो।

अख्तियार प्रवक्ता ईश्वरीप्रसाद पौडेलका अनुसार अभियुक्तलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउने गरी हिरासतमा लिइएको हो।

आइतबारैबाट आयोगले अभियुक्तविरुद्ध विस्तृत अनुसन्धान थालेको जानकारी पनि उनले दिए। अभियुक्त नेपाल बारामा साढे तीन महिना स्थानीय विकास अधिकारी रहेका थिए। (रासस)

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by