-झक थापा मगर
भन्ने गर्छन् मान्छेहरु,
“जिन्दगीको यात्रामा देउराली फूल्न सक्छ,
मनको बंगैचामा वसन्त डुल्न् सक्छ”
“हृदयको क्यान्भासमा रंगिन सपनाहरु सजिन सक्छ,
उजाड-उजाड मौसम होइन् वसन्तको हरियाली पनि आउन सक्छ”
“चाहानाका हिमचुलीहरु शिखरमा चढ्न र सागरमा तैरिन सक्छ,
समयको चक्र संगै दु:ख मात्र होईन सुख पनि आउन सक्छ”
“विछोडको दु:खद क्षण मात्र होईन मिलनका सुखद क्षण पनि आउन सक्छ”
तर मेरो जिवन यात्रामा,
“असफलताको उपहार वाहेक केहि पाउन सकिएन,
नजरका मेरो दुखेसाहरु कसैको सुमधुर संगीत बनेर गुञ्जाउन सकिएन”
“मनमा सुन्दर सपना र मखमली फूल सजाउन सकिएन,
जति हिंडे पनि जिवनमा सांच्चै कंहि पुग्न सकिएन”
“जिन्दगी एउटा आफैमा असाध्य बिणा वनिदियो,
आंशुका डोबहरु मुटुको पिडा बनिदियो”
“आजभोली मनको आंखी-झ्यालवाट आफैलाई चियाउंछु,
र
हेर्छु,वुझ्न खोज्छु यो स्वार्थी संसारका मान्छेहरुलाई”
“आफन्त वनाउन खोज्छु तर्केर हिंडने पराईहरुलाई
तर,
“यंहा मान्छे मान्छे जस्तो रहेन,
फूल-फूल जस्तो रहेन,
जिवन-जिवन जस्तो रहेन,
आफन्त-आफन्त जस्तो रहेन,
“त्यसैले कहाली लाग्दो यो वर्तमानमा”
“फूलको सुन्दरता पत्थर बनेर प्रहार भईरहेछ फूलकै जवानीमा,
मिठो लाग्ने मुस्कान बांण वनेर प्रहार भईरहेछ मायाकै काहानीमा”
“मनहरु स्वयम् मनसंग छल गरिरहेछ मनकै हैरानीमा,
सजाएको सपनाहरु रुन्छन् विपनीको अंधेरीमा”
त्यसैले,
“आज भोली म अनिदो पहाड संगै एकान्तमा,
योजना हिन पहाडको संगत गरिरहेको छु,
अरुसंग सापट लिएर उज्यालो दिने रातको जुन संग भलाकुसारी गर्दै जिन्दगी काटिरहेछु”
झक थापा मगर
सउल कोरिया
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b